कोरोनाबाट थप ११ जनाको मृत्यु, १ हजार ४४ संक्रमित थपिए, १ हजार २७१ निको

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, १६ : २९
कोरोनाबाट थप ११ जनाको मृत्यु, १ हजार ४४ संक्रमित थपिए, १ हजार २७१ निको

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ हजार ४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार २७१ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार १४८ छ । 
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३२ हजार ८७२ संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस