गण्डकीमा कोरोनाका सङ्क्रमणका कारण चारको मृत्यु

रासस

विहीबार, २५ मंसिर २०७७, १९ : ४१
गण्डकीमा कोरोनाका सङ्क्रमणका कारण चारको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन् ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा नं १३ का ५१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै तनहँुको शुक्ला गण्डकी नगरपालिका वडा नं ८ का ७४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता ड विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशनालयका अनुसार प्रदेशमा आज १०३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १३ हजार ७९ पुगेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार ३३८ पुगेका छन् । हालसम्म सात हजार ५६१ कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस