काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ हजार २१७ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार ६४ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ । हालसम्म २ लाख ३१ हजार ६०१ संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०७७, १६ : ३४
लेखकबाट थप