हिउँ छिचोल्दै सीमामा सुरक्षा गस्ती

पत्रपत्रिकाबाट

विहीबार, २५ मंसिर २०७७, ०८ : २३
हिउँ छिचोल्दै सीमामा सुरक्षा गस्ती

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् ।

हिल्साको सीमा सुरक्षा चौकीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ ।

अहिले यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे दिए । बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल अवस्थामा पनि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर गस्ती जारी राखिएको उनले स्पष्ट पारे । गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस