सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १२ : ४१
सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस