काठमाडौं । बाहिरको चटपटा र अस्वस्थकर खाना खाने चलन जस्तै भइसकेको छ । यस्ता खाना मनलाई त मनपर्छ तर स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले शरीर रोगको घर बन्ने गर्छ । अब फोक्सोको कुरा गरौं । धेरैजसो जङ्क फुड जस्तै, मःम, समोसा, चाउचाउलगायतका खानेकुरा मैदाबाट बन्ने गर्छन् र यही मैदा फोक्सोका लागि विष समान हुन्छ । किनभने यो आन्द्रामा लामो समयसम्म टाँस्सिएर बस्ने गर्छन् जसका कारण सास फेर्न समस्या, पेट दुखाई, मोटोपनाजस्ता समस्या निम्तिने गर्छ । त्यसैले तपाईंले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्छ । आज हामी तपाईंलाई यस्ता खानेकुराबारे जानकारी दिँदैछौं जुन फोक्सोका लागि निकै फाइदाजनक मानिन्छन् ।
स्याउः
स्याउ फोक्सोका लागि भिटामिन सी, इ र एन्टी अक्सिडेन्टले भरपुर एक उत्कृष्ट फल मानिन्छ । यसले फोक्सोलाई स्वस्थ राख्छ र सास फेर्ने समस्या हुनेहरुलाई पनि यसले फाइदा पुर्याउँछ ।
पानीः
पानीले पनि फोक्सोमा जलन हुन दिँदैन भने सुन्निएको छ भने कम राहत प्रदान गर्छ । त्यसैले दिनमा कम्तीमा ३ देखि ४ लिटर पानी पिउनुहोस् । यसबाहेक पानीले तपाईंको शरीरका विभिन्न समस्या पनि टाढा राख्ने गर्छ ।
लसुनः
लसुन फ्लेवोनोयड्स र ग्लूटाथियोन जस्ता गुणको त्यो भण्डार हो जसले फोक्सोलाई स्वस्थ बनाउन पूर्ण रुपमा सहयोग गर्छ । यसबाहेक लसुनले रगतलाई पातलो गर्ने काम पनि गर्छ । त्यसैले राती हल्काम तातो लसुन खानुहोस् ।
ओखरः
फोक्सोको स्वास्थ्यका लागि ओखरलाई एक राम्रो स्रोत मानिन्छ । किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ जसले सास फेर्न समस्या भएको खण्डमा राहत प्रदान गर्छ भने अन्य समस्या पनि टाढा राख्छ । त्यसैले आफ्नो खानामा दैनिक ओखर समावेश गर्नुहोस् ।
अदुवाः
शरीरलाई डिटक्सिफाइ गर्न र फोक्सोबाट विषाक्त तत्व बाहिर निकाल्नका लागि अदुवा निकै फाइदाजनक छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ जसले फोक्सोलाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्छ ।
ब्रोकलीः
ब्रोकलीमा पाइने फोलेट, भिटामिन सी, क्यारोटिनोयड एवं फाइटोकेमिकल्सजस्ता तत्वले फोक्सोलाई बलियो राख्ने काम गर्छ । त्यसैले दैनिक ब्रोकली खानुपर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ मंसिर २०७७, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने