काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राखेको प्रस्तावलाई कसैले भाउ दिएनन् ।
राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको बैठकमा सहभागी राप्रपाका नेता दिपक बोहोराले जानकारी दिए ।
राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको बैठकमा राप्रपाका नेताहरुले संविधान बनाउँदा चौथो पात्र आफूहरु नै भएको र संविधानप्रति समर्थन रहेको बताए । राजतन्त्रको पक्षमा रहेको भइरहेको आन्दोलनमा नैतिक समर्थन रहेको बताएका छन् ।
बैठकपछि राप्रपाका नेता दीपक बोहोराले भने, ‘हामीले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा सर्वदलीय बैठकबाट छलफल र निर्णय गरौं भनेर प्रस्ताव राखेका छौं । तर कतैबाट जवाफ आएन ।’
बैठकमा कतिपयले राजवादीहरुको आन्दोलनबारे फरकफरक धारणा आएको थियो । राप्रपा नेता बोहोराले भने, ‘यो आन्दोलनबारे चासो सबै पार्टीको थियो, तर हामीले दिएको विकल्पबारे ‘प्रधानमन्त्रीज्यू र अरु दलको पनि रेस्पोन्स आएन ।’
सर्वदलीय बैठकमा राप्रपा नेताहरुले कोभिड नियन्त्रणमा सरकार असफल बताएका छन् । साथै कोभिड भ्याक्सिन निःशुल्क उपलब्ध गराउन समेत सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०७७, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार