काठमाडौँ । नेपाली काँग्रेसले सरकारको काम ठीक ढंगले हुन नसक्दा जनतामा वितृष्णा जागेको भन्दै त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने कतिपय समस्या आफै हल हुने धारणा राखेको हो ।
बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्रविरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ छ ।
बैठकपछि काँग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैलीमात्रै भएको बताए । उनले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ ।’ महतले आफूहरुले तत्काल संसद बैठक बोलाउन अनुरोध गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०७७, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार