बम विष्फोटका फरार आरोपी : आफताबका भाई महताब भारतबाट पक्राउ

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, ०९ : ३८
बम विष्फोटका फरार आरोपी : आफताबका भाई महताब भारतबाट पक्राउ

काठमाडौं । बम विष्फोटका आरोपी काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । आलमलाई भारतिय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरि ल्याउदैं गरेको प्रहरी श्रोतले जानकारी दिएको छ । 

उनलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर रौतहट ल्याइँदै गरेको बताइएको छ ।  उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ ।

०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस