सरकारले ल्यायो नयाँ परराष्ट्र निति

पत्रपत्रिकाबाट

सोमबार, २२ मंसिर २०७७, ०७ : ४८
सरकारले ल्यायो नयाँ परराष्ट्र निति

काठमाडौँ । सरकारले नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । यसअघि विभिन्न क्षेत्रमा छरिएर रहेको परराष्ट्र नीतिलाई एकीकृत गरी नयाँ अध्ययनबाट निस्केका निष्कर्षसहित परराष्ट्र नीति तय गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ । 

वैदेशिक सहायताबारे एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने, अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायतका परराष्ट्र नीतिका चुनौती पहिचान गरिएको ुनेपालको परराष्ट्र नीति, २०७७ु सार्वजनिक गरिएको हो । मूलभूत रूपमा १३ चुनौती रहेको परराष्ट्र नीति, नेपालमा पहिलोपटक अलग्गै परराष्ट्र नीतिका रूपमा ल्याइएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अन्य अधिकारीले बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले विगतमा सरकारको नीति तथा कार्यक्रम, सुरक्षा नीति, औपचारिक सभा तथा सम्मेलनमा प्रधानमन्त्रीहरूले दिएका मन्तव्यका आधारमा परराष्ट्र नीति सञ्चालित हुँदै आएकोमा वर्तमान सरकारले स्पष्ट रूपमा छुट्टै परराष्ट्र नीति ल्याएको जानकारी दिए । उनले यसलाई आफ्नो कार्यकालको महत्त्वपूर्ण कामका रूपमा प्रस्तुत गरेका थिए ।

भारतसँग सीमा विवाद र सत्तारुढ दल नेकपाभित्रै विकास र सहयोगसम्बन्धी अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लाई लिएर अन्तरविरोध भइरहेको बेला परराष्ट्र मन्त्रालयले जारी गरेको नीतिमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा र अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने विषयमा एकमत हुन नसक्नुलाई चुनौतीको खण्डमा राखेको छ ।

एमसीसी संघीय संसदको हिउँदे अधिवशेनमा प्रस्तुत गर्ने तयारी गरेको र सीमा विवादबारे भारतसँग मन्त्रीस्तरीय बैठकमा छलफल गर्ने तयारीमा रहेको सरकारले दीर्घकालीन दृष्टि बनाएर ल्याएको परराष्ट्र नीतिमा यी विषयलाई समस्याका रूपमा उल्लेख गरेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस