विश्वविख्यात वैज्ञानिक हकिंगको जन्म र मृत्युको अनौठो संयोग

बुधबार, ३० फागुन २०७४, १२ : ०६
विश्वविख्यात वैज्ञानिक हकिंगको जन्म र मृत्युको अनौठो संयोग

 

लण्डन । भौतिकशास्त्रका विश्वविख्यात वैज्ञानिक स्टीफन हकिंगको जन्म र मृत्यु भएको दिनसँग अनौठो संयोग देखा परेको छ । हकिंगको जन्म भएको तारिख ८ जनवरीमा खगोलशास्त्री ग्यालिलियो ग्यालिलिको निधन र हकिंगको निधन भएको तारिख १४ मार्चमा चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्म भएको थियो ।

विश्वप्रख्यात फिजिसिस्ट र लेखक भौतिक शास्त्री वैज्ञानिक स्टीफन हकिङ्गको ७६ बर्षको उमेरमा निधन भएको छ । सन् १८७९ मा आजकै दिन अर्थात् १४ मार्चमा अर्का चर्चित वैज्ञानिक भौतिकविद अल्वर्ट आइन्सटाइनको जन्म भएको थियो । आइन्सटाइनकै जन्म दिन (१४ मार्च) पारेर हकिङको निधन भएको छ ।

हकिङगको जन्म पनि एउटा ऐतिहासिक संयोगसँग जोडिएको छ । उनी ८ जनवरी १९०८ मा जन्मिएका थिए । इटालीका चर्चित भौतिक विज्ञान शास्त्री एवं खगोलशास्त्री ग्यालिलियो ग्यालिलीको निधन पनि ८ जनवरीमै भएको थियो । ग्यालिलियोको निधन सन् १६४२ जनवरी ८ मा भएको भएको थियो । अर्थात्, उनको निधन भएको ३ सय वर्षपछि जनवरी ८ मै हकिङ जन्मिए ।

हकिङबारेका केही तथ्य

हकिङले नोबेल पुरस्कार पाएनन्।

शारीरिक रूपमा अशक्त भए पनि यौन प्यास मेटाउने उनको इच्छाशक्ति प्रबल थियो। उनी सेक्स क्लबमा गइरहन्थे। 

स्कुले जीवनमा हकिङ नजान्ने विद्यार्थीमा गनिन्थे ।

स्कुल पढ्दाताका उनी घरको भित्तेघडी र रेडियो खोलखाल पार्न रुचाउँथे, तर त्यसलाई जोडेर पूर्वावस्थामा ल्याउन आउँदैनथ्यो ।

सबैभन्दा बढी अध्ययन उनले ब्ल्याक होलबारे गरेका थिए। 

२२ वर्षको उमेरमै उनलार्इ स्नायुसम्बन्धी रोग लागेको थियो । 

हकिङले दुई पटक बिहे गरे तर, उनको दुवै विवाह असफल भयो। 

उनको आत्मसंस्मरण ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्ट सेलर पुस्तक हो। 

स्पिच जेनरेटिङ डिभाइसको सहायताले उनी प्रतिमिनेट १५ शब्द बोल्न सक्थे।

प्रतिक्रिया दिनुहोस