नेकपाको सचिवालय बैठक : ओली र प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस गर्ने सहमति

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १६ : ५७
नेकपाको सचिवालय बैठक : ओली र प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस गर्ने सहमति

काठमाडौं । बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस गर्ने सहमति भएको छ । 

बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

भोली १ बजे स्थायी कमिटी बैठक धुम्वाराहीमा हुने निश्चित भएको छ । उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि ठोस निष्कर्ष निस्किन सम्भव नभएको बताए। उनले भने, ‘सबै समस्या स्थायी कमिटीमा पेस गर्नेछौँ, त्यही नै छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस