एजेन्सी । चीनले अब प्रविधिको सहयोगमार्फत मौसमलाई पनि नियन्त्रणमा राख्ने कोसिस गर्दैछ । यसका लागि उसले २०२५ सम्मका लागि एक कार्यक्रम बनाएको छ । यस कार्यक्रम ५० दशमलव ५ लाख वर्ग किलोमिटर क्षेत्रफलसम्म बिस्तार गर्ने उसको योजना छ, जो भारतको कुल क्षेत्रफलभन्दा झन्डै डेढ गुणाले बढी हो ।
चीनको स्टेट काउन्सिलले २०२५ सम्मका लागि बनाएको योजनामा यस्तो हिउँ र वर्षाल्लाई नियन्त्रणमा लिन सकिने उल्लेख छ । चीनले यस कार्यक्रमलाई ‘एक्सपेरिमेन्टल वेदर मोडिफिकेशन प्रोग्राम’ नाम दिएको छ । चीनका अनुसार यस योजनाले प्राकृतिक संकटबाट राहत मिल्नेछ र कृषी उत्पादन बढाउन सहयोग मिल्नेछ ।
धेरै तापक्रमयुक्त इलाकामा तापमान घटाउने, सुख्खा प्रभावित क्षेत्रमा वर्षा गराउने र धेरै वर्षा र हिउँ नियन्त्रणमा राख्ने काम पनि गर्नेछ । चीनले मौसमी परिवर्तनलाई नियन्त्रणमा राख्ने प्रयास गरेको यो पहिलोपटक होइन । २००८ को बेइजिङ ओलम्पिकका दौरान पनि उसले यस्तै गरेको थियो ।
वर्षा रोक्न र आकाश सफा गर्नका लागि क्लाउड सिडिङको साहारा लिइएको थियो ।
चीनले यसपटक आफ्नो महत्वाकांक्षी योजनाका लागि ठूलो लगानी गरिरहेको छ । २०१२ देखि २०१७ सम्म उसले यस कार्यक्रममा झन्डै १ दशमलव ३४ बिलियन डलर खर्च गरिसकेको छ । चीनियाँ सरकारी मिडियाहरुका अनुुसार यस कार्यक्रम लागु भएपछि जिनजियाङ राज्यमा अशिनाका कारण हुने नोक्सानी ७० प्रतिशतसम्मले कम गर्न सहयोग पुुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
Agency
शनिबार, २० मंसिर २०७७, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा