अमलेखगन्ज पाइपलाइनबाट पेट्रोल पनि आउने

पत्रपत्रिकाबाट

शनिबार, २० मंसिर २०७७, ०८ : २०
अमलेखगन्ज पाइपलाइनबाट पेट्रोल पनि आउने

काठमाडौं । आयल निगमले अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि आयात गर्ने तयारी थालेको छ ।

झन्डै १५ महिनादेखि पटनाबाट डिजेल आयात गरिरहेको निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात गर्ने योजना बनाएको हो ।

 निगमका अनुसार मोतीहारीमा करिब आठ महिनामै ट्यांक निर्माण सम्पन्न हुँदै छ । यस अवधिमा नेपालका तर्फबाट पनि सम्पूर्ण तयारी गरिनेछ । कान्तिपुरमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस