चितवन । चितवनको भरतपुर कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले बताए ।
कैदी रेशमलाल श्रेष्ठ भागेको घटनामा मिलेमतो गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई निलम्बन गरेको हो । मंसिर ११ मा साँझ जबर्जस्ती करणी मुद्धाका ४५ वर्षीय रेशमलाल १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।
सो घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ ।
कालिका नगरपालिका घर भएका कैदी रेशमलालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साउन २० मा जबरजस्ती करणी मुद्धाको फैसला भएपछि उनलाई सजाय भुक्तानका लागि कारागार पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०७७, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु
डडेल्धुरा कारागार तोडेर भागे ५८ कैदीबन्दी, २६ जना फेरि पक्राउ
भरतपुर कारागारबाट ६० कैदीबन्दी फरार
कपिलवस्तु कारागारबाट कैदी बन्दी फरार, अदालतमा तोडफोड
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी