विराट कोहलीले बनाए इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान

एजेन्सी

बुधबार, १७ मंसिर २०७७, ११ : ३३
विराट कोहलीले बनाए इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं । अष्ट्रलिया विरुद्धको तेस्रो र अन्तिम एकदिवसीय भिडन्तमा भारतीय कप्तान विराट कोहलीले इतिहास रचेका छन् ।

उनी सबैभन्दा चाडों १२ हजार एकदिवसीय रन बनाउने ब्याट्सम्यान बने । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो ।

३२ वर्षीय कोहलीले २ सय ५१ औं खेलको २ सय ४२ औं इनिङ्ग्समा यो उपलब्धि हासिल गरे । जबकी, सचिनले ३ सय ९ म्याचको ३ सय इनिङग्स्मा १२ हजार रन पूरा गरेका थिए । सचिन र कोहलीबाहेक कुमार सांगाकारा, रिकी पोन्टिङ, सनथ जयसूर्या र महेला जयवद्र्धनेले मात्रै एकदिवसीय इतिहासमा १२ हजार रन बनाएका छन् ।

एकदिवसीय खेलमा सर्वाधिक धेरै रन बनाउने कीर्तिमानबाट भने विराट अझै धेरै टाढा छन् । सचिनले आफ्नो एकदिवसीय करियरमा सर्वाधिक १८ हजार ४ सय २६ रन बटुुलेका थिए ।

भिडन्तभन्दा पहिले विराट १२ हजार रनको रेकर्डभन्दा २३ रनले टाढा थिए, तर उनले १२ ओभर १ बलमा सिन एबोटको बलिङमा सिंगल रन लिदैं यो सफलता हासिल गरे

। विराटले दोस्रो एकदिवसीय खेलमै ८९ रनको इनिङ्ग्स खेलेर लयमा फर्कने संकेत दिएका थिए ।  विराटले अहिलेसम्म एकदिवसीय खेलमा ४३ शतक र ५९ अर्ध शतक बनाइसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस