११ वर्षीया बालिका बलात्कृत,  एक युवक पक्राउ

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १२ : ३४
११ वर्षीया बालिका बलात्कृत,  एक युवक पक्राउ

कास्की । कास्की फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा – १६ लामाचौर बस्दै आएका धादिङका २९ वर्षीय प्रकाश रहेको नेपाली कास्की प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई बलात्कार गरेको सूचनाको आधारमा दीपक भनेर चिनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस