रक्तदान कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १४ : ४५
रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना महामारीमा रगतको अभावले कसैलेपनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले समितिले आज काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो ।

सम्पर्क समितिका सभापति बाबुराम आचार्यले शनिबार (आज) विहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

समितिले कोरोना माहामारीको चपेटाका कारण संक्रमण भएका काठमाडौं बस्ने सुनसरीबासीलाई हर्लिक्स, च्यावनप्रास लगायतका मनोवल बढ्ने सामाग्री सहयोग गरिरहेको छ । 

यस्तै माक्स, स्यानिटाईजर, लगायतका स्वास्थ्य सामाग्री पनि समितिले सहयोग गरिरहेको छ । कार्यक्रम कोरोना माहामारीका कारण सामाजिक दुरी कायम गर्दै सबै किसिमका स्वास्थ्य मापदण्ड कायम गरी आयोजना गरिएको  आयोजकले बताएको छ । रक्तदानसँगै कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने तथा दशैं तिहार छठको चियापान कार्यक्रम समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस