महिलाहिसां बिरुद्ध समाज एक्यबद्ध भएर लाग्नुपर्छ : खानेपानी मन्त्री बीना मगर

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, १० : ५३
महिलाहिसां बिरुद्ध समाज एक्यबद्ध भएर लाग्नुपर्छ : खानेपानी मन्त्री बीना मगर

कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले महिला हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् ।

बुधबार पुनर्वास नगरपालिकाले महिला हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएकी हुन् । 

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताईन् । चुनावका बेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन् । 

“विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन”, उनले भनिन्, “विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।” सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइन् । 
 

प्रतिक्रिया दिनुहोस