पाँच वर्षमा लुम्बिनीमा महिला हिंसाका करिब १७ हजार घटना दर्ता

सफल खबर संवाददाता

शुक्रबार, १२ मंसिर २०८२, १६ : ३२
पाँच वर्षमा लुम्बिनीमा महिला हिंसाका करिब १७ हजार घटना दर्ता

बुटवल । लुम्बिनी प्रदेशमा २०७८/७९ देखि चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म महिला हिंसाको भयावह तथ्यांक देखिएको छ । यो अवधिमा महिला हिंसाका १६ हजार ७४२ घटना दर्ता गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा कात्तिक मसान्तसम्म मात्र महिला हिंसाका एक हजार ८६ घटना दर्ता गरिएको प्रहरी तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका एसएसपी शारदाप्रसाद चौधरीका अनुसार, सबैभन्दा धेरै महिला हिंसाका घटना बाँकेमा देखिएको छ ।

यो अवधिमा बाँकेमा तीन हजार ४४४ महिला हिंसाका घटना दर्ता गरिएको छ । बर्दियामा तीन हजार १४३, रुपन्देहीमा दुई हजार ७२० घटना दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, गुल्मीमा दुई हजार ६०, कपिलवस्तुमा एक हजार ७५९, दाङमा एक हजार ७४०, पाल्पामा एक हजार ३४८, नवलपरासी पश्चिममा एक हजार ३०८, रुकुम पूर्वमा ८१४, रोल्पामा ७१७, अर्घाखाँचीमा ६८२ र प्युठानमा ५३९ महिला हिंसाका घटना दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस