आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, ०८ : ४२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र क्षेत्रमा आंशिक बदली रहनेछ। अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस