सडक दुर्घटनाबाट घाइते भएका पुरुषको कोरोनाबाट मृत्यु

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १४ : ३५
सडक दुर्घटनाबाट घाइते भएका पुरुषको कोरोनाबाट मृत्यु

चितवन । सडक दुर्घटनाबाट घाइते भएका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । 

ती पुरुष सडक दुर्घटनामा घाइते भएपछि कार्तिक २९ गते चितवन मेडिकल कलेज भर्ना भएका थिए । उनीमा स्वाब परीक्षणको क्रममा मंसिर २ गते कोरोजना पोजेटिभ देखिएको थियो । 

अस्पतालका निर्देशक प्राड दयाराम लम्सालका अनुसार संक्रमित पुरूषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा उनको  मृत्यु भएको अस्पतालले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस