काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त भुक्तानी रकम सर्वसाधारणमा खर्च गरेका छन् । मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३०० जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको स्वकीय सचिवालयले सोबारे जानकारी गराएको छ ।
मन्त्री भट्टराई कोरोना भाइरस संक्रमित भइ हाल संक्रमणमुक्त भइसकेका छन् ।
त्यसो त मन्त्री भट्टराईले यसअघि पनि आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ घर भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
ओलीकै नेतृत्वमा महाधिवेशन र पूर्व घोषणा गरेर पद छाड्ने योगेश भट्टराईको प्रस्ताव (पूर्णपाठ)
योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ: योगेश भट्टराई
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई