चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, १६ : ५१
चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका २१ बस्ने ७३ वर्षीय महिला मंगलबार दिउँसोको मृत्यु भएको हो । ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

महिला कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन् । कोभिड आईसीयूमा राखेर उपचार हुँदै गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

भरतपुर अस्पतालमा मंगलबार बिहान पनि रत्ननगर नगरपालिकाका कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो । चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस