चितवन । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ । मंगलबार भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको हो ।
मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुष अस्पताल भर्ना भएका थिए ।
मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०७७, ११ : २२
लेखकबाट थप