भारतका विदेश सचिव ११ गते नेपाल आउँदै

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १७ : १५
भारतका विदेश सचिव ११ गते नेपाल आउँदै

काठमाडौँ । छिमेकी राष्ट्र भारतका विदेश सचिव हर्षवर्धन श्रृंगाल बिहीबार नेपाल आउने भएका छन् । 

श्रींगलाले नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका हुन् ।

पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको छ । मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको बताएको छ ।

भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । सोही दिन श्री‌ंगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।

यस्तै भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर यो भ्रमण परम्परादेखि उच्च तहमा हुँदै आएको भ्रमण आदान प्रदान र भारतको नेपालसँगको उच्च सम्बन्धको निरन्तरता भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस