सबैभन्दा धेरै आयकर तिर्ने आइएमई रेमिट सम्मानित

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १३ : ४३
सबैभन्दा धेरै आयकर तिर्ने आइएमई रेमिट सम्मानित

काठमाडौं । सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा आईएमई रेमिट सम्मानित भएको छ । 
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आईएमईलाई सम्मान गरेको हो । 

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा वीस वर्षअघि स्थापित आईएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था हो ।   

सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आईएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । योसंगै आईएमइको लगातार चौथोपटकको सम्मान हो । 
 

प्रतिक्रिया दिनुहोस