संरक्षणको अभावमा जीर्ण बन्दै लुम्बिनी चिनी कारखाना

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १२ : २३
संरक्षणको अभावमा जीर्ण बन्दै लुम्बिनी चिनी कारखाना

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ मा अवस्थित लुम्बिनी चिनी कारखाना अहिले सञ्चालकको लापरवाहीले जीर्ण बन्दै गएको छ ।

विगत ३ वर्षदेखि सञ्चालनमा आउन नसकेको मिलमा सुरक्षा गार्डबाहेक कोही कर्मचारी तथा लेबरसमेत छैनन् ।

८६ बिघा क्षेत्रफलमा फैलिएको कारखाना परिसरको सरकारी जग्गा अतिक्रमण, काठदाउरा चोरी भइरहेको अवस्थामा सरकारले समेत वेवास्ता गरेपछि करोडौं मूल्यको कारखाना जीर्ण बन्दै गएको होे । 

मिलभित्रका काठदाउरा चोरी हुने र जग्गा अक्रिमणसमेत भइरहेको राष्ट्रियसभा सदस्य रामलखन हरिजनले बताए । ‘मिलका सामान तथा सवारी साधनहरुमा खिया लागेर नष्ट भइरहेको छ,’ उनले भने, ‘आवास भवनका फर्निचरहरु जम्मै चोरिए, भवनहरु मर्मतको अभावमा भत्किरहेका छन् ।’

२०७४ सालमा मिलका संचालक मनिष कुमार अग्रवालको मृत्यु भएपछि उनको पारिवारिक अंशबण्डा र समस्याले यो मिल संचालनमा आउन नसकेको मिलका एक कर्मचारीले बताए ।
 
 

प्रतिक्रिया दिनुहोस