आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, ११ : ३९
आज कति छ सुनचाँदीको मूल्य ?

चितवन । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

Yeti Diistillery Tansen Cement box

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।