काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा सहभागी भएलगत्तै सुरक्षा निकायका तीन प्रमुख गृह मन्त्रालयमा पुगेका छन् । आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख गृहमन्त्री रामबहादुर थापालाई भेट्न गृह मन्त्रालय पुगेका हुन् ।
सो अघि आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक छलफल गरेका थिए ।नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा गणेश अधिकारीसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन । चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाएपनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो लगत्तै तीन सुरक्षा निकायका अधिकारी गृह मन्त्रालय पुगेका हुन् । गृह मन्त्रालय स्रोतले भेटघाटलाई नियमित भएको प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०७७, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेल-रेष्टुरेन्टको अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय