हुम्लाको कृषि कार्यालयमा दुई वटा बम भेटियो

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १४ : ०९
हुम्लाको कृषि कार्यालयमा दुई वटा बम भेटियो

हुम्ला । जिल्ला कृषि विकास कार्यालय हुम्लाको गेटमा दुईवटा सकेट बम भेटिएका छन् । आइतबार बिहान कार्यालय खोल्ने क्रममा मुलगेट खोल्दा अचानक शंकास्पद वस्तु भेटिएको कृषि विकास कार्यलयका कार्यलय सहयोगी रामदल राउतले जानकारी दिए ।

त्यसपछि आफूले जिल्ला प्रहरी कार्यलयलाई खबर गरेको रावतले जानकारी दिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदी सहितको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले निरीक्षण गर्दा एउटा बाल्टिन बम र अर्को सकेट बम भेटिएको पुष्टि भएको थियो ।

उक्त बमलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए । शंकास्पद वस्तु भेटिएको खबर आउने बित्तिकै तीन वटै सुरक्षा निकायको टोली सम्बन्धित क्षेत्रमा पुगेको सुवेदीले बताए । उनले भने, ‘कृषि कार्यालयमा कडा सुरक्षा व्यवस्थाका बीच दुई वटा बमलाई खाली जग्गा भएको ठाउँमा ल्याएर नेपाली सेनाले डिस्पोजल गरेको छ ।’
 

प्रतिक्रिया दिनुहोस