शंकास्पद वस्तु डिस्पोज गर्दा बाटोभरि धुलैधुलो

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १३ : १६
शंकास्पद वस्तु डिस्पोज गर्दा बाटोभरि धुलैधुलो

चितवन । रत्ननगरको टाँडी बजारस्थित निर्माणाधीन आकाशेपुलमा विप्लव नेतृृत्वको नेकपाको ब्यानरसहित भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । शंकास्पद वस्तु डिस्पोज गर्दा बाटोभरि धुलैधुलो भएको थियो ।

नेत्रविक्रम चन्द  ुविप्लवु नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार डिस्पोजका क्रममा बम जस्तो देखिने गरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको थियो । 

शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो । साथमा हसिया हथौडा अंकित झण्डा पनि थियो ।

प्रतिक्रिया दिनुहोस