सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १२ : २९
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं । कञ्चनपुर, रौतहट, नवलपरासी (पश्चिम), बारा, सप्तरी र लमजुङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । 

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३ स्थित सडकमा म १ प ६७६६ नम्बरको मोटरसाइकल र से १ त ९५३३ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीया ममता जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रौतहट, बौधिमाई नगरपालिका–९ स्थित सडकमा ना।६ प ७४२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक परोहा नगरपालिका–६ बसन्पट्टी बस्ने महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय प्रविण सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचार भइरहेको छ ।  

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–७ अस्नैयास्थित सडकमा लु ३ त ६०३९ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने राम बहादुर क्षेत्रीको ७ वर्षीय छोरा दिपेश बहादुर क्षेत्रीको शनिबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका दिपेशको तिनाउ अस्पताल बुटबल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बारा, महागढीमाई नगरपालिका–८ जोलगाभास्थित सडकमा ना ६२ प ३६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–१ बस्ने प्रहरी चौकी खेस्रा पर्सामा कार्यरत प्रहरी जवान २७ वर्षीय राजकिशोर साहको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तरी, कञ्चनरुप नगरपालिका–१० स्थित सडकमा स।११ प ११७६ नम्बरको मोटरसाइकलले सोही नगरपालिका–८ बस्ने २० वर्षीय बिर्स कुमार साहले चलाएको साईकललाई शनिबार बेलुका ठक्कर दिँदा साइकलमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै गोल्डेन अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

लमजुङ, मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित सडकमा ग १८ प ५८७३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय नवराज पौडेलको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नवराजको मध्यनेपाल पोलिक्लिनिक हुँदै मेट्रो सिटी अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य २ जना पदैलयात्रीको मध्यनेपाल पोलिक्लिनिकमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस