आकाशेपुलमा शंकास्पद वस्तु, घटनास्थलमा पुग्यो सेनाको टोली

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, ११ : ११
आकाशेपुलमा शंकास्पद वस्तु, घटनास्थलमा पुग्यो सेनाको टोली

चितवन । रत्ननगरको टाँडी बजारस्थित निर्माणाधीन आकाशेपुलमा विप्लव नेतृृत्वको नेकपाको ब्यानरसहित शंकास्पद वस्तु भेटिएको छ ।

आइतबार बिहान ७ बजे आकाशेपुलमुनि शंकास्पद वस्तु भेटिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि आकाशेपुल वरपर आवतजावत बन्द गरिएको छ ।

आकाशेपुलमा भेटिएकोे शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टिम घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस