कर्जाको ब्याजदर अझै घट्ने

पत्रपत्रिकाबाट

आइतबार, ०७ मंसिर २०७७, ०९ : ०८
कर्जाको ब्याजदर अझै घट्ने

वित्तीय प्रणालीमा अधिक तरलताको कारण केही महिनायता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने भएको छ । 

असारको तुलनामा असोज मसान्तमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि कमी आउने देखिएको हो ।

सबै बैंकको ब्याजदर करिब १ प्रतिशतकै हाराहारीमा घट्छ भन्ने होइन । हरेक बैंकको आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको ब्याजदर घट्नुपर्छ । यसकारण आधार दर धेरै घटेको बैंकमा कर्जाको दर पनि धेरै र कम घटेको बैंकमा थोरै अनुपातमा ब्याजदर घटाउनुपर्ने नीतिगत व्यवस्था छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार आधार दरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीन/तीन महिनामा कर्जा (नयाँ पुराना सबै) को ब्याजदर समायोजन गर्नुपर्छ । सोही निर्देशन पालना गर्नका लागि बैंकहरूले कर्जाको ब्याजदर घटाउनुपर्ने बैंकरहरू बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस