सुनको मूल्यमा आज पनि गिरावट

सफल खबर संवाददाता

शुक्रबार, ०५ मंसिर २०७७, १३ : ४०
सुनको मूल्यमा आज पनि गिरावट

काठमाडौं । सुनको मूल्यमा आज पनि गिरावट आएको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । 

यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ ।  बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस