चितवन । जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ ।
चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए । तीमध्ये १८३ सवारी संलग्न छन् । गत आव २०७६/७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको थियो ।
सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको भट्टले बताए । उनका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुको गल्ती, खराब सडक र यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ मंसिर २०७७, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वको बेला गाउँमा नै रमाइलो
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न सरकारको आग्रह
चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को