एजेन्सी । कोरोना भाइरसको संक्रमण तिव्र बनेपछि भारतको अहमदाबादमा आज (शुक्रबार) देखि रातको समयमा कर्फ्यू लगाइने भएको छ ।समाचार संस्था पिटिआईका अनुसार अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।
राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको हो। कर्फ्यू कहिलेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन । कोरोनाकै कारण गुजरातमा हाल सम्म ३८३० मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०५ मंसिर २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर