सुनको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

विहीबार, ०४ मंसिर २०७७, १२ : १५
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

बुधबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
यसैबीच बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस