काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभरका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
देशभर अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन, तर स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।
बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०७७, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना