एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय अफगानिस्तान तथा इराकबाट अमेरिकी सेना फिर्ता बोलाउने विषयमा रिपब्लिकन पार्टीका नेताहरुले विरोध गरेका छन् । उनीहरुले सेनाको संख्या कम गर्ने ट्रम्पको पछिल्लो निर्णय ‘गलत’ रहेको र त्यसको प्रभाव सकारात्मक हुन नसक्ने चेतावनी दिएका हुन् ।
अफगानिस्तान र इराकमा अमेरिकी सैनिकको संख्या २५ सयमा झार्ने तयारी भएको रक्षा मन्त्रालयले समेत पुष्टि गरेको छ । ट्रम्पले लामो समयदेखि विदेशमा तैनाथ भएका अमेरिकी सैनिकलाई फिर्ता बोलाउनु पर्ने बताउँदै आएका छन् । उनले विदेशमा अमेरिकी सैन्य गतिविधिको आलोचना गर्दै आएका छन् ।
अहिले अफगानिस्तानमा झण्डै पाँच हजार अमेरिकी सैनिक छन् । इराकमा रहेका तीन हजार सैनिकबाट घटाएर २५ सय बनाइने उनले निर्णय गरेका छन्। नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले हालसम्म हार स्वीकार गरेका छैनन् ।
राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथ भन्दा केही दिन पहिले अर्थात जनवरी १५ सम्म सैनिक फिर्ताको प्रक्रिया पूरा गर्ने तयारीमा रक्षा मन्त्रालय रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बाइडेनले जनवरी २० मा शपथ लिने छन् ।
माथिल्लो सदन सिनेटका मेजोरिटी लिडर रिपब्लिकन मिच म्याकनलले सैनिक फिर्ता बोलाउने ट्रम्पको निर्णय गलत रहेको बताएका छन् । उनी अधिकांश समय ट्रम्पका रक्षक हुन् । उनले ह्वाइट हाउस छोड्नु पूर्व गम्भीर प्रभाव पर्ने खालका सुरक्षा तथा परराष्ट्र नीतिका सम्बन्धमा निर्णय नगर्न पनि चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ मंसिर २०७७, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध