आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, ०८ : ०२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ ।

 प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन् । 

बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।  अहिले बिहान सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस