काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र यहाँको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा पु¥याइएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ मंसिर २०७७, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन