काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशमाको मौसममा आंशिक देखि सामान्य बदली रहने जनाएको छ।
यसबाहेकका मुलुकका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ।
आइतबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?