काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । सोही अवधीमा १ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ५०३ संक्रमित निको भएका छन् ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार २१५ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।
हालसम्म संक्रमित मध्ये १ लाख ७० हजार ६३२ निको भइसकेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०७७, १६ : २५
लेखकबाट थप