प्रधानमन्त्री ओलीको घोषणा : डा. गोविन्द केसी उपचार खर्च सरकारले व्यहोर्छ

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, ११ : ३५
प्रधानमन्त्री ओलीको घोषणा : डा. गोविन्द केसी उपचार खर्च सरकारले व्यहोर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।

डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ । उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस