काठमाडौँ । बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले २ गोल गर्दै नेपाललाई हराएको छ । बंगलादेशले प्रत्येक हाफमा एक–एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो र त्यसमा मोहम्मद नबिब नेवाजले नजिकको दूरीबाट गोल गरे ।
बंगलादेशका तर्फबाट ८० औं मिनेटमा महबुर रहमानले काउन्टर आक्रमणमा बल अगाडि बढाउँदै दोस्रो गोल गरे । नेपालले पूरा खेल अवधिमा सटिक देखिन सक्ने कुनै पनि आक्रमण गर्न सकेन र हार बेहोर्न बाध्य रह्यो । यससँगै दुई खेलका शृंखलामा बंगलादेशल १–० ले अगाडि रह्यो । अब दोस्रो खेल मंसिर २ मंगलबार हुनेछ ।
यस खेलसँगै नेपाली खेलकुदमा औपचारिक रूपमा खेल गतिविधि फेरि सुरु भएको छ । चैतमा कोरोना भाइरस संक्रमणको महामारी पनि सम्पूर्ण खेल गतिविधि पनि रोकिएको थियो र यससँगै पूरा खेल क्षेत्र ठप्प भएको थियो ।
बंगलादेशले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले त्यसलाई स्वीकारेको हो । दुई साताभन्दा कम समयको तयारीपछि नेपाल मैदानमा ओर्लेको हो । बंगलादेशले नेपाललाई हराएका भने पाँच वर्षयता पहिलो हो । यसअघि सन् २०१५ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि बंगलादेशले नेपाललाई ढाकामै हराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु