काठमाडौँ । बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले २ गोल गर्दै नेपाललाई हराएको छ । बंगलादेशले प्रत्येक हाफमा एक–एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो र त्यसमा मोहम्मद नबिब नेवाजले नजिकको दूरीबाट गोल गरे ।
बंगलादेशका तर्फबाट ८० औं मिनेटमा महबुर रहमानले काउन्टर आक्रमणमा बल अगाडि बढाउँदै दोस्रो गोल गरे । नेपालले पूरा खेल अवधिमा सटिक देखिन सक्ने कुनै पनि आक्रमण गर्न सकेन र हार बेहोर्न बाध्य रह्यो । यससँगै दुई खेलका शृंखलामा बंगलादेशल १–० ले अगाडि रह्यो । अब दोस्रो खेल मंसिर २ मंगलबार हुनेछ ।
यस खेलसँगै नेपाली खेलकुदमा औपचारिक रूपमा खेल गतिविधि फेरि सुरु भएको छ । चैतमा कोरोना भाइरस संक्रमणको महामारी पनि सम्पूर्ण खेल गतिविधि पनि रोकिएको थियो र यससँगै पूरा खेल क्षेत्र ठप्प भएको थियो ।
बंगलादेशले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले त्यसलाई स्वीकारेको हो । दुई साताभन्दा कम समयको तयारीपछि नेपाल मैदानमा ओर्लेको हो । बंगलादेशले नेपाललाई हराएका भने पाँच वर्षयता पहिलो हो । यसअघि सन् २०१५ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि बंगलादेशले नेपाललाई ढाकामै हराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला