मंसिर १ गते भाइटीका लगाउन हुँदैन भन्नेमा कुनै शास्त्रीय आधार छैन : पञ्चाङ्ग निर्णायक समिति

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, १५ : ५०
मंसिर १ गते भाइटीका लगाउन हुँदैन भन्नेमा कुनै शास्त्रीय आधार छैन : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते सोमबार भाइटीका लगाउन हुँदैन भन्नेमा कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । 
भाइटीकाको दिन दिदीबहिनीको हातबाट टीका लगाउन हुँदैन भन्ने हल्ला निराधार रहेको पञ्चाङ्ग समितिले जनाएको छ । 

विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरिएको छ । समितिका सदस्य सचिव सूर्य ढुंगेलले विज्ञप्ति जारी गरी विभिन्न कारणले अशुभ योग परेको भनेर भ्रम फैलाइएको  कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । 

यस वर्षको तिहार मलमासका कारण केही समय पछि सरेको विज्ञप्तिमा उल्लेख छ । भाइटीकाको दिन निर्धक्क भएर भाइटीका लगाउन सबैमा आग्रह गरिएको छ । 

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाईले दिदीबहिनीलाई टीका लगाएर उपहार साटासाट गरी मीठो भोजन ग्रहणका साथ खसी साटासाट गरेर मनाइन्छ । 

प्रतिक्रिया दिनुहोस