चितवन । चितवनको नारायणगढस्थित नारायणी नदीको पुलबाट हामफालेकी एक युवतीको सकुशल उद्धार भएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढको प्रहरी टोलीले युवतीको उद्धार गरेको थियो । केहीबेरअघि नारायणी नदीबाट युवती हामफालेको जानकारी आएपछि वडा प्रहरी कार्यालयबाट नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको उद्धार टोलीले २२ वर्षकी युवतीलाई सकुसल उद्धार गरेको थियो ।
युवतीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०७७, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुनः निर्माण
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण