काठमाडौँ । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुगोस् भनेर अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरे ।
भेन्टिलेटर हस्तान्तरणपछि राजदुत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिवद्ध रहेको बताए । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पु¥याउने उनले बताए । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कटिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड विरुद्धको लडाईका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गरे । उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण सुरु गरिएको बताए । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७÷७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटर हरेक सरकारी अस्पताललाई दुई—दुईवटाका दरले वितरण गरिने उनले बताए ।
भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०७७, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु
बिर अस्पताललाई हेल्थ डेस्क क्लिनिक हस्तान्तरण
कामअनुसारको सुविधा नपाएपछि भोकभोकै काम गर्दै महिला स्वास्थ्य स्वयंसेविका
होमियोपेथिकमा बढ्यो बिरामीको आकर्षण
‘मुख स्वास्थ्य रहे अधिकांश रोगबाट बचिन्छ’
एथ्लेटिक्सको राष्ट्रिय खेलाडीले सञ्चालन गरिन् गैँडाकोटमा ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडियो